सरकारले चिकित्सा शिक्षा अध्यादेश संसदमा पेश गर्दै

0

सरकारले चिकित्सा शिक्षा अध्यादेश संसदमा पेश गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेशलाई संसदमा पेश गर्ने निर्णय गरेका हुन् ।ऐन सरह कार्यान्वयनमा आएको अध्यादेश संसद सुरु भएको ६० दिनभित्र पास गर्नुपर्छ ।विधेयक पास गर्ने प्रयास असफल भएपछि अघिल्लो सरकारले ६ कात्तिकमा अध्यादेश ल्याएको थियो ।

अध्यादेशले डा. गोविन्द केसीको मागअनुसार १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ ।