सरकारको निर्णयः वर्षभरीमा १६ दिन सार्वजनिक विदा, दशैँ विदा जम्मा ५ दिन

0

बुधबारको मन्त्रिपरिषद बैठकले २२ वटा सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् वैठकले आगामी २०७५ सालको सार्वजनिक बिदामा २२ दिन कटौती गर्ने निर्णय गरेको हो।

 

गृह मन्त्रालयले गत साल २०७४ भन्दा आगामी २०७५ सालमा दिइने बिदामा २२ दिन कटौती गर्न गरेको सिफारिसलाई बुधबार मन्त्रिपरिषदले अनुमोद गरेको हो ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले मन्त्रिपरिषद्ले स्थानीय तह र संघीय मन्त्रालयको दरबन्दी स्वीकृत गर्नुका साथै २०७५ सालमा दिइने विदामा कटौती गर्ने निर्णय भएको हो ।

 

सरकारले २०७४ सालमा १ सय ३ दिन विदा दिएको थियो तर आगामी २०७५ सालमा भने २२ दिन घटाएर ८१ दिन मात्रै बिदा दिने निर्णय भएको हो।

 

यसरी दिइएको विदामा ५२ दिन शनिबार हुनेछ भने बाँकी २९ दिन चाडपर्व तथा दिवसको बिदा हुनेछ। २०७४ सालमा ५२ दिन शनिबार तथा चाडपर्व र दिवस ५१ दिन गरी एक सय ३ दिन सार्वजनिक बिदा दिइएको थियो।

 

लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ति दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने र ती दिवसको दिन भने भव्य कार्यक्रम गर्ने तर बिदा नदिने गरी निर्णय भएको छ।

 

यसैगरी जातीय आधारमा दिइने बिदाका अवसरमा पनि पुरै कार्यालय बन्द गर्ने भन्दा सोही जाती विशेषलाई मात्रै बिदा दिइने र कार्यालय भने खुला गरी निर्णय भएको छ।

 

सरकारले संघमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय र स्थानीय तहको कर्मचारी दरबन्दी सहितको संगठन संरचना स्वीकृत गरेको छ। मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय र स्थानीय तहमा रहने कर्मचारीको अन्तिम टुंगो लगाएको हो।

 

यसैगरी मन्त्रिपरिषद् बैठकले स्थानीय तहको कार्यसम्पादन निर्देशिक जारी गर्ने निर्णय समेत गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। जस अनुसार स्थानीय तहमा ५७ हजार कर्मचारी दरबन्दी स्वीकृत भएको छ भने संघीय मन्त्रालयमा दुई हजार तीन सय ३९ दरबन्दी स्वीकृत भएको छ।