समृद्धि गोरिल्लाज फाइनलमा

0
समृद्धि गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा बुधबार फाइनलमा प्रवेश गरेको छ ।
विशाल मिलन केन्द्रको कोर्टमा भएको दोश्रो सेमिफाइनलमा राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित समृद्धिले नेपाल आर्मीलाई ४३–१९ ले सहजै पराजित ग¥यो । समृद्धिकी लुनिभा सिंहले १५ स्कोर गरिन् ।
पहिलो क्वाटरमा ११–४ को अग्रता लिएको समृद्धिले दोश्रो क्वाटर १८–८ र तेश्रो १२–४ ले आफ्नो पक्षमा पा¥यो । चौथो क्वाटरमा समृद्धि २–३ को झीनो अन्तरले पछि प¥यो ।
फाइनलमा समृद्धिको भेट बुढानीलकण्ठसंग हुनेछ । पुरुषमा आर्मी ‘ए’ र बुढानीलकण्ठ उपाधिका लागि भिड्ने छन् । फाइनल बिहीबार हुनेछ ।
नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताको पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिने छ । महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
मनमोहन स्मृति क्रिकेट  आजदेखि
उमेर समुह क्रिकेटमा सर्वाधिक पुरस्कार रहेको पहिलो मनमोहन मेमोरियल यु १६ अन्तर प्रदेश क्रिकेट प्रतियोगिता बिहीबारबाट शुरु हुदैछ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रदेशका एक एक टोलीको सहभागीता रहने छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले खेल सामाग्री र नगद गरी पाँच लाख रुपैयाँको पुरस्कार प्राप्त गरिने आयोजनहरुले बताएका छन् । त्यसैगरी दोस्रो हुने टोलीले तीन लाख पुरस्कार रहेको छ ।
आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले प्रतियोगितामा सहभागी हुने टोलीहरु काठमाडौं आउन क्रम शुरु भैसकेको बताए ।
‘खेलाडीहरु राजधानी आउने क्रम शुरु भैसकेको छ । पहिलो खेलमा प्रदेश नम्बर १ र प्रदेश ३ बीच हुने छ,’ गैरेले भने, ‘प्रतियोगीताका लागि आवश्यक तयार पुरा भएको छ ।’ बिहीबार मनमोहन अधिकारीको १९ औं स्मृति दिवस हो । समापन कार्यक्रम बैशाख १९ गते हुने छ ।
सात वटै प्रदेशमा शिविर सञ्चालन गरेर खेलाडी छनोट गरि टोली निर्माण गरिएको आयोजकहरुले बताएका छन् । प्रत्येक टोलीमा खेलाडी १४ जना, १ व्यवस्थापक र १ प्रशिक्षक रहेका छन् । वैशाखका पहिलो साता सात प्रदेशमा खेलाडी छनोट गरिएको थियो ।
सात प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा चरणका लीग खेल हुने छन् । प्रत्येक समूहबाट शीर्ष स्थानमा हुने दुई टोली सेमीफाइनलमा प्रवेश गर्ने छ ।