सडक बालवालिकाको विश्व कप टोली रुस जाँदै

0
रुसको मस्कोमा हुने सडक बालबालिकाहरुको विश्वकप स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदले बिदाई गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित ओलम्पियन सेमि कवर्डहलमा आयोजित कार्यक्रममा परिषदका सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई सफलताको शुभकामना दिदै बिदाई गरे ।
नेपाली टोलीलाई बिदाई गर्दै सदस्यसचिव विष्टले देशको नाम अन्तर्राष्ट्रिय समुदायमा फैलाउन र आफूजस्तै अन्य सडक बालबालिकाको लागि प्रेरणा बन्न शुभकामना दिए ।
९ जना खेलाडीले मस्कोमा नेपालको प्रतिनिधित्व गर्नेछन् । स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा हुने प्रतियोगिता सेभेन ए साईडको स्वरुपमा हुनेछ । नेपाली टिम बुधबार मस्को प्रस्थान गर्नेछ ।
रुस जाने नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनवीर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन् । सेल्टर आश्रय नेपालले सडक बालबालिकाहरुको राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो ।