सगरमाथाको चुचुरोमा नेपाल बंगलादेश बैंकको झण्डा

0

नेपाल बंगलादेश बैंक कपन शाखाका ग्राहक जाङ्बु शेर्पाले २०१८ मे १६ गते बैंकको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पु¥याउनु भएको थियो।

जाङ्गबु शेर्पाले १२औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको हो । शेर्पालाई बैँकको लोगो विश्वको सर्वोच्च शिखरमा फहराई बैंकको ख्यातीलाई बढाउन सहयोग गर्नु भएकोमा आभार व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कदरपत्र हस्तान्तरण गर्नु भएको थियो ।