वृज सिमेन्टद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

0

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्वारा निर्मित मेकर स्पेसलाई वृज सिमेन्टको साथ दिने भएको छ ।

बुधबार एक कार्यक्रमका बीच राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवम् वृज सिमेन्ट इण्डष्ट्रिज सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।

पुष्पतारा केडिया सेवा संस्था एवम् वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिद्वारा कीर्तिपुरमा निर्माण भइरहेको मेकर स्पेसको निर्माण कार्यको लागि वृज सिमेन्टद्वारा उत्पादित ओपीसी र पीपीसी सिमेन्ट उपलब्ध गराइने भएको छ ।

अनुसन्धानकै कामलाई सघाउन एउटा बृहत् ल्याब खोल्ने राष्ट्रिय आविष्कार केन्द्रको उद्देश्य हो । करिब एक करोडको लागतमा बन्ने ल्याबको संरचनाले काम गर्न चाहनेका लागि उपयुक्त वातावरण दिने र पलायन ह“ुदै गएको नेपाली प्रतिभालाई स्वदेशमानै काम गर्ने वातावरण निर्माण गर्न केन्द्रका संस्थापक पुनले बताउनुभयो ।
मेकर स्पेस राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरिरहेको एक प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालयस“गको सहकार्यमा त्रिवि परिसरमा ६ हजार वर्ग फिट क्षेत्रफलमा ल्याब बनाउने काम अघि बढिरहेको छ ।

‘ऊर्जावान व्यक्तिहरु वृज सिमेन्टको छनोटमा रहेका छन् । आगामी दिनमा समेत हातेमालोको यो शृङ्खला रही रहनेछ’ कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले बताउनुभयो ।

उहा“ले समृद्ध नेपाल निर्माण गर्ने महावीर पुनको यो अभियानमा एक कोशेढुंगा सावित हुनेछ, भन्नेमा वृज सिमेन्ट ढुक्क रहेको छ, यसका साथै भविष्यमा पनि वृज सिमेन्ट महावीर पुनस“ग सहकार्य गर्दै राष्ट्रिय आविष्कार केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रण गर्ने बताउनुभयो ।