विश्व वातावरण दिवसका अवसर पारेर प्रधानमन्त्री ओलीले सिंहदरबारमै रोपे आँफुलाई मनपर्ने विरुवा

0

विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबार परिसरमै आँफुलाई मन पर्ने फलफूल लिची र एभोकाडो विरुवा रोपेका छन् ।

विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपेका हुन । सिंहदरबारको खाली जमिनमा उनले लिची र एभोकाडो रोप्दै भने ‘फलजति जनतालाई फूल जति देशलाई ।’

जमिन बाँझो नराख्ने र फलफूलमा आत्मनिर्भर बन्ने अभियानको थालनी गर्दै ओलीले हरेक नेपालीले आफ्नो घर वरपरको खाली जमिनमा एउटामात्र फलफूल रोपे पनि देश आत्मनिर्भर बन्न सक्ने बताए । उनले यसबाट इकोसिस्टममा पनि सघाउ पुग्ने पनि थपे ।