विश्व पोलियो दिवसको अवसरमा साइकल र्याली ललितपुर (फोटो फिचर​)

प्रत्येक  वर्ष  अक्टोवर २४ मा मनाइने  विश्व पोलियो दिवसको अवसरमा  आइतवार   रोटरी इ क्लवले  ललितपुरमा  आयोजना गरेको  साइकल र्याली  संगै  सम्पदा यात्राको शुभारम्भ कार्यक्रमका सहभागी वक्ताहरुले पोलियो उन्मूलनमा सबैपक्षको सक्रिय सहभागीताको आवश्यकता औल्याएका  छन ।  

   विश्वका  विभिन्न   अल्पविकसित  देशमा  अझैपनि     पोलियो संकट  विधमान रहेको पक्षप्रति  केन्द्रीत हुँदै  वक्ताहरुले पोलियो उन्मुलनका लागि  रोटरीले खेल्दै आएको भूमिका आफैमा महत्वपूर्ण रहेको  बताएका  छन ।  

  राष्ट्रिय पोलियो प्लस कमिटीको प्रमुख पिडिजी रोटरीएन  रत्नमान शाक्यको प्रमुख आतिथ्यता  तथा  ललितपुर महानगर प्रहरीका प्रमुख  सिताराम हाछुथेको विशेष आतिथ्यतामा  सम्पन्न  भएको  थियो ।  १ सय पचास भन्दा बढि  सहभागिता रहेको   कार्यक्रम ।  

क्लवका अध्यक्ष  उमित श्रेष्ठको सभापतित्वमा  सम्पन्न भएको र कार्यक्रमको दौरानमा  संकलन भएको      एकलाख रुपाया   जिल्ला  पोलियो समितिका  अध्यक्ष  प्रेरणा  जानकारी दिनुभयो ।

साथै  फ्युचर स्टार हाइ स्कुल विद्यार्थीहरुलाई पोलियो सम्बन्धित सिता रुपाखेतीले शिक्षा दिनु भएको थियो । शिक्षक र विद्यार्थीहरुले  चन्दा बाकसमा चन्दा राखेर सहभागिता जनाएको थियो। कार्यक्रममा  फ्युचर स्टार हाइ स्कुल lसंस्थापक रोटरीएन  मञ्जुकार्की लगायतका  विशेष व्यक्तिहरुको उपस्थिती रहेको  थियो ।