राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स केन्द्रका निर्देशक डा. विकास लामिछानेले ३०औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संक्रमितको संख्या ३२ हजार ७ सय ३५ रहेको बताएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको पनि बताउनुभयो ।
केन्द्रका निर्देशक डा. लामिछानेले भने– “यस वर्ष विश्व एड्स दिवस ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित मनाइँदै छ ।”
यस्तै २० हजार २ दुई ३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । ‘सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४ सय ८५ ले कमी आएको छ । नेपालमा पनि आशातीत रूपमा नयाँ संक्रमितको संख्यासँगै मृत्युदर पनि घटेको छ ।’