विद्या संस्कार र एलए क्वाटरफाइनलमा

0
विद्या संस्कार र लिटिल एन्जल्स (एलए) स्कुल आठौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र नकआउट फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
विद्या संस्कारले हिमचुलीलाई टाइब्रेकरमा २–० गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । एलएले काठमाडौं भ्यालीलाई ३–१ गोलले हरायो । विजेताका प्रज्ज्वल भट्टले २ तथा गोस्वा बुढाथोकीले १ गोल गरे । काठमाडौं भ्यालीका सोनाम तामाङले सान्त्वना गोल गरे ।
काष्ठमण्डप पनि जेम्सलाई ३–० गोलले पाखा लगाउदै क्वाटरफाइनलमा पुग्यो । काष्ठमण्डपका प्रशान्त लिम्बू, देवेश अधिकारी र सुनील बर्माले १–१ गोल गरे ।