भारतका विक्रम सो ११ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पुरुष १६ वर्षमाथि एकल कातामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमुनि कुमुतेमा भारतका साहिल हमी खान मुजावर सेमिफाइनलमा पुगेका छन् ।
प्रतियोगिताको कानुन मन्त्री शेरबहादुर तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपालसहित अन्य साग राष्ट्रका १ हजार खेलाडीको सहभागिता रहेको प्रमुख प्रशिक्षक समेत रहेका आयोजक संघका महासचिव श्याम शेर्पाले जनाएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारसम्म चल्ने प्रतियोगितामा विभिन्न ४७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।