वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

0

वरिष्ठ नेता पद्मरत्न तुलाधरको आज  निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको दिउँसो अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

अहिले वरिष्ठ नेता पद्मरत्न तुलाधरको शव अस्पतालबाट निजी निवास तर्फ लैजान लागिएको पारिवारिक स्रोतले बताएको छ ।