वटुमा श्री वचु भद्रकाली मिसा पुचःद्वारा सामूहिक बेल बिबाह सम्पन्न (फोटो फिचर)

0

काठमाडौंको वटुमा बेल बिबाह (ईही) सम्पन्न भएको छ ।

श्री वचु भद्रकाली मिसा पुचःद्वारा आयोजनामा बेल बिबाह (ईही) भएको हो । बेल बिबाहमा ३९ जना बालिकाहरुको सामूहिक बेल बिबाह (ईही) गर्ने कार्य भएको आयोजक पुचःका सचिव कमलेश्वरी श्रेष्ठले बताएकी छन् ।

शुक्रबार र शनिबार दुई दिन भएको नेवारी परम्परागत बेल बिबाह (ईही) कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । परम्परागत संस्कृतिलाई निरन्तरता दिने क्रममा यो बेल बिबाह (ईही) गरिएको पुचःका सचिव श्रेष्ठले बताइन् । बेल बिबाह (ईही) विशेषतः नेवार बालिकाहरुले गरिने अतुलनीय संस्कृति तथा परम्परा हो ।

पुचःका श्रेष्ठले भन्नुभयो– ‘यो बेल बिबाह (ईही) नेवारी संस्कृतिलाई जगेर्ना गर्दै नेवारी परम्परालाई निरन्तरता राख्नका लागि हामीले यो तेस्रो पटक बेल बिबाह (ईही) आयोजना रहेका हौं ।’

यसै गरी नेवारी सांस्कृतिकलाई उत्थान गर्ने उद्देश्यले श्री वचु भद्रकाली मिसा पुचः खोलिएको अध्यक्ष लक्ष्मी महर्जनले जानकारी गराउनुभयो ।

‘हामीले वर्षभरिमा आउने नेवारहरुको परम्परालाई जर्गना गर्न त्यसलाई बचाई राख्न वटु टोलमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छाँैं’ अध्यक्ष महर्जनले बताउनुभयो ।