रोनाल्डोको हृयाट्रिक, रियल सोसिडाडमाथि शानदार जित

0

 

क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ । च्याम्पियन्स लिगमा पीएसजीसँग खेल्नु अघि शनिबार राति भएको खेलमा रियलले सोसिडाडलाई ५-२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा रियलले पहिलो मिनेटमा नै अग्रता लिएको थियो । २७ औं मिनेटमा रोनाल्डोले गोल गरे । ३४ औं मिनेटमा टोनी क्रुजले गोल गरे भने तीन मिनेटपछि नै रोनाल्डोले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ४-० को अग्रता लियो ।

दोस्रो हाफमा भने रियल सोसिडाडले सुधारिएको प्रदर्शन गरेको छ । ७४ औं मिनेटमा बाटिस्टाले गोल गरे । तर, ८० औं मिनेटमा रोनाल्डोले हृयाटि्रक पूरा गरे । यो उनको ला लिगामा ३३ औं हृयाट्रिक हो । खेलको ८४ औं मिनेटमा रियल सोसिडाडले गोल गरे पनि हार टार्न सकेन ।