रियल स्कूल अफ नेपाल २०१८ हु“दै

0

रियल फ्रुट जुसले वार्षिक प्रतियोगिताअन्तर्गत रियल स्कूल अफ नेपाल २०१८ आयोजन गर्ने घोषणा गरेको छ । यो एक राष्ट्रियस्तरको प्रतियोगिता हो ।

प्रतियोगिता विगत ६ वर्षदेखि नियमित रुपमा रियल फ्रुट जुसले आयोजना गरिरहेको छ । जसमा देशभरका विद्यालय रियल स्कूल अफ नेपाल बन्नका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेता बन्नका लागि छनोट भएका विद्यालयका विद्यार्थीहरु आफ्नो प्रतिभा, आत्मविश्वास तथा बौद्धिक र टिमवर्क गर्ने क्षमता आवश्यक पर्ने विभिन्न क्रियाकलापमा सहभागी हुनेछन् ।

यस वर्ष रियल स्कूल अफ नेपाल २०१८ अझ बढी प्रतिस्पर्धात्मक र बन्नेछ । क्षेत्रीय स्तरको विजेता बन्नका लागि प्रत्येक क्षेत्रबाट करिब ३५ विद्यालयले सहभागिता जनाउनेछन् र क्षेत्रीय विजेता विद्यालयले अन्तिम चरणको प्रतियोगिताको लागि स्थान सुरक्षित गर्नेछन् ।

सहभागी विद्यालयका विद्यार्थी सिनियर समूह (कक्षा ८,९,१०) अन्तर्गत एक्सटेम्पोर, नृत्य (डान्स) र फुटबल जगलिङ तथा जुनियर समूह (कक्षा ५,६,७) अन्तर्गत पेन्टिङ, थ्री मिनेट टु फेम र स्कोर द रियल गोल जस्ता क्रियाकलापहरुमा प्रतिस्पर्धा जनाउने छन् ।

प्रतियोगिताको विजेतालाई रियल स्कूल अफ नेपालको सिल्ड सहित ६ लाख रुपिया“ बराबरको छात्रवृत्ति तथा ग्रान्ड फिनालेमा विजयी हुने ६ जना प्रत्येक विद्यार्थीलाई ल्यापटप प्रदान गरिने कम्पनीले जनाएको छ । यसबाहेक ८ वटा उपत्यका
बाहिरका क्षेत्रमा आर्थिक स्थिति कमजोर भएका दुईजना प्रभावशाली (छात्र तथा छात्रा) विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।