रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत पहिलो क्षेत्रीय फाइनल सम्पन्न भएको छ । उक्त प्रतियोगिताबाट टावर टेम्पल सेकेण्डरी स्कूल विजयी घोषित भएको छ ।
उक्त विद्यालयबाट सहभागी विद्यार्थीहरु सबल खड्का, संस्कार बस्नेत, फन्जङ लिम्बु, सबिना रनपहैली, टिका हाङ् लिम्बु र सुजन बीके बिजयी घोषित भएका छन् । यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य क्षेत्रका विद्यालय बाट बिजयी विद्यार्थी स“ग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै सिनियर समुह र जुनियर समुहका क्रियाकलापतर्फ सिनियर समुह को एक्सटेम्पोरमा सूर्योदय इङ्ग्िलस बोर्डिङ्ग स्कूल की रोश्नी कार्की, नृत्यतर्फ लिटल फ्लावर इङ्ग्िलसस्कूलका आर्देन हाङ् लिम्बु, फुटबल जगलिङतर्फ लक्ष्मी सेकेण्डरी स्कूलका निशान निरौला बिजयी घोषित भएका छ । जुनियर समुहतर्फ भने पेन्टिङमा सर्भोदया इङ्ग्िलस बोर्डिङ्ग सेकेण्डरी स्कूलका नशेस सव, (थ्री) ३ मिनेट टु फेमतर्फ श्री पशुपती इङ्ग्िलस सेकेण्डरी स्कूलका अङ्कित राई, र स्कोर द रियल गोलतर्फ बाल्मीकी एडुकेशन फाउन्डेशनका सुमन खडरीया विजयी घोषित भएका छन् ।
यस स“गै प्रतियोगिताका पहिलो क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा सकिएको छ भने दोस्रो क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा जुन ८, २०१८ बाट पूर्वाञ्चलको विराटनगरमा हुने जनाईएको छ।
विगत दुई वर्षदेखि शुरु गरिएको २५ हजार रुपिया“ बराबरको छात्रवृत्तिलाई यसवर्ष पनि निरन्तरता दिईएको छ । यस वर्ष छनौट भएका प्रभावशाली विद्यार्थीहरुमा छात्रतर्फ विशालकुमार शाह र छात्रातर्फ रमिस सन्ध्या ढकाल रहेको कम्पनीले जनाएको छ ।