शनिबार राति उपाधि होडबाट बाहिरिसकेको रियल म्यड्रिडले लेगानेसलाई २–१ ले हराएको छ ।
यो म्याचमा रियलका क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस र मार्सेलो खेलेनन् । उनीहरुलाई मंगलबार हुने च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल लेगका लागि विश्राम दिएको बताइएको छ ।
जितसँगै रियल म्यड्रिड दोश्रो स्थानको एथ्लेटिको म्यड्रिडभन्दा एक अंकले पछि छ ।
रियलको ३४ खेलमा ७१ अंक भएको छ भने समान खेल खेलेको एथ्लेटिको म्यड्रिडको ७२ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको भने ८३ अंक छ । लिगमा बार्सिलोनाले आइतबार राति डिपोर्टिभोसँग खेल्दैछ ।