रियल मड्रिडव्दरा लास पाल्मास ३–० ले पराजित भएको छ ।
गएरातीको भएको खेलमा आक्रामक खेल खेल्दै मैदानमा उत्रिएको मड्रिडले लास पाल्मासलाई ३–० ले पराजित गरेको हो ।
आफ्नो जितका लागी ग्यारेथ बेलले दुई गोल गरेका थिए ।
२६औं मिनेटमा लुका मोड्रिचको पासमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा पाएको पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई २–० को अग्रता दिलाए ।
५१औं मिनेटमा रियलले अर्को पेनाल्टी पाउँदा ग्यारेथ बेलले गोल गरेपछि सहज जित निकालेको हो ।