राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध

0

राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रियसभाको अध्यक्ष पदमा उनको एक्लो उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

अपराह्न साढे १२ बजे संसद भवनमा पुगेर तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका थिए । तिमिल्सिनाको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा दिनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन् ।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो । एमाले उम्मेदवारलाई माओवादीलगायतका दलहरुको समर्थन रहनेछ ।