खेलकुद क्षेत्रको विकाशमा प्रायोजकको रूपमा उत्कृष्ट योगदान गरी नेपाल र नेपालीको गौरब बढाउन भूमिका निर्वाह गरेको हुनाले आज राष्ट्रिय खेलकूद परिषद्द्वारा आयोजित एक भब्य समारोहबीच योर पाटर्नर फर प्रोग्रेस् भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सम्मान गरिएको छ ।
सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीबाट उक्त सम्मान पत्र यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले ग्रहण गर्नुभएको छ ।
नेपालको खेल जगत्को विकास र प्रवर्धनका निम्ति बैंक सधै कटिबद्ध भएर लागि परेको छ । बैंकले खेल जगत्को उत्थानका निम्ति हरेक वर्ष सिटिजन्स अन्तर बैंक फुटसल प्रतियोगिता, सिटिजन्स खुल्ला गल्फ प्रतियोगिता, सिटिजन्स खुल्ला टेनिस प्रतियोगिता गर्दै आएको छ ।
नेपाली खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले बैंकले राष्ट्रिय व्याडमिन्टन खेलाडी नङशल तामाङलाई खेल्नका निम्ति अनुकूल वातावरण प्रदान गरी बैंकमा कर्मचारीको रूपमा पनि नियुक्त गरेको छ । हाल सालै सम्पन्न प्रथम प्रधानमन्त्री क्रिकेट कपमा पनि बैंकले रु. ३ लाखको आर्थिक सहयोग उपलब्ध गराएको थियो भने हाल आयोजना भइरहेको एभरेष्ट प्रिमियल लिल (ईपीएल)मा चितवन टाइगर्स टोलीलाई रु. १० लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । यस किसिमको गरिमामय सम्मान प्राप्त गर्ने पहिलो बैंकको रुपमा सटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ ।
भविष्यमा पनि बैंकले खेलको विकासका निम्ति निरन्तर सहयोग गर्ने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी गराउनुभएको छ ।