ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो व्यावसायिक सद्भावनादूतमा नायकका रुपमा राजेश हमाललाई आगामी दुई वर्षको लागि आबद्धता सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौतापत्रमा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा र आकाश गोल्छासहित व्यवस्थापनका अन्य पदाधिकारीको उपस्थितिमा ज्योति लाइफ इन्स्योरेन्सका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्री र राजेश हमालले हस्ताक्षर गर्नुभएको थियो ।
कम्पनीले नेपालको १२औं जीवन बीमा कम्पनीको रुपमा गत असोजबाट व्यवसाय शुरुआत गरेको थियो । कम्पनीले विभिन्न भागमा २७ वटा शाखा सञ्जाल स्थापना विभिन्न छ वटा जीवन बीमा योजना जारी गरेको छ ।