राइनो ५०० डी फलामे छडद्वारा टेक्निकल मिट

0

शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टिड लचकतासहितको एफई ५००डी ग्रेड राइनो फलामे छडको उत्पादन गर्दै आएको छ । उक्त उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन) को आयोजना गर्दै आइरहेको छ ।
काठमाडौंको विभिन्न स्थानहरुमा टेक्निकल मिट गरिसकेको कम्पनीले हालै इटहरी र विराटनगरमा पनि एफई ५००डीमा आधारित राइनो फलामे छड सम्बन्धी आफ्नो टेक्निकल मिटको आयोजना ग¥यो ।
एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फोस्फरसको मापदण्ड अनुसार अधिकतम् ०.०७५ प्रतिशतमात्र सम्मिश्रण गरिएको छ । यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुन्छ ।
यसमा उपलब्ध उच्च लचकता र शक्तिका कारण यो छड भूकम्पिय जोखिम तथा सम्भावना युक्त नेपालका लागि उपयुक्त रहेको छ । यसले भूकम्पीय जोखिमयुक्त स्थानमा भूकम्पप्रतिरोधात्मक संरचनाको निर्माण गरी जोखिमबाट जोगाउ“छ ।
इटहरीको टेक्निकलमा नेपाल इन्जिनियर्स एसोसिएसनका मोहन कार्की र विराटनगरमको टेक्निकल मिटमा उमा शंकर शाहको आतिथ्यतामा सम्पन्न भएको हो ।
राइनो ५००डी फलामे छड ८ एमएम देखि ३२ एमएम आकारमा कम्पनीका बिक्री केन्द्रमार्फत् उपलब्ध छन् । उपभोक्ताको आवश्यकता, माग तथा योजनाका अनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ । कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ ।