यामाहाले मनायोे ‘स्कुटर डे’

0

यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ मनाएको छ ।

यामाहाले ७ मार्चलाई आफ््ना उपभोक्तालाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्न भन्दै स्कुटर दिवस मनाएको जनाएको छ ।

पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ््ना सबै सर्भिस सेन्टरबाट ‘फ्रि स्कुटर वाश’को अफर दिएको थियो, जसमा विभिन्न ब्रान्डका स्कुटर चढ््ने राइडरले व्यापक सहभागिता जनाएका थिए ।

‘पहिलो स्कुटर डेलाई स्मरणीय बनाउन हामीले स्कुटर राइडरहरुलाई निःशुल्क स्कुटर वासको अफर दिएका थियौं । राइडहरुबाट हामीले निकै राम्रो प्रतिक्रिया पायौं ।–’ एमएडब्लुका सर्भिस हेड शरद मिश्रले भन्नुभयो ।

बुधबार यामाहाका सर्भिस सेन्टरहरुमा अन्य ब्रान्डका स्कुटर चालकले समेत सेवा लिएका छन्् ।