यामाहाको बाइक किन्दा दाहाललाई सय प्रतिशत क्यासब्याक

0

इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो । मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए । ढल्केबारस्थित एनएमबी माइक्रो फाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आएका थिए । पुरानो मोटरसाइकल बेचेर नया“ मोटरसाइकल किन्ने निधो गरे ।

‘यामाहाको मोटरसाइकल किन्ने निर्णय पहिले नै गरेको थिए“ । बारम्बार बिदा लिन अप्ठ्यारो हुने भएकाले मैले साथीभाइको सल्लाहमा घर आएकै बेला मोटरसाइकल किन्ने विचार गरे“ ।’ उनी भन्छन्– ‘तर आज अचम्म भयो । मलाई त विश्वासै लागिरहेको छैन ।’

इटहरीस्थित यामाहाको सोरुम तिरुपति अटो सिटीबाट यामाहा एफजीएस एफआई खरिद गरेका उनलाई नया“ वर्षको योजना छ भन्ने थाहा भएको तर के पर्छ भन्ने थाहा थिएन । शोरुमबाट पाएको स्क्र्याच बुकको अन्तिम स्क्र्याचबाट उनी जिल्ल परे, त्यहा“ ‘१०० प्रतिशत क्यासब्याक’ लेखिएको थियो ।

पहिलो स्क्र्याचमा पा“च हजार रुपिया“ डिस्काउन्ट पाएका उनले दोस्रोमा पफ्र्युम, तेस्रोमा कम र चौथोमा एयरफिल्टर उपहार स्वरुप पाए । पा“चौं तथा अन्तिम स्क्र्याचले उनको जीवनमा बहार नै ल्याइदियो । मोटरसाइकल किन्न पूराका पूरा पैसा लिएका गएका उनले निःशुल्क मोटरसाइकल घर लान पाउने भए । उनले सोमबार नै गाउ“घरमा खुशी बा“डिसकेका छन् । भन्छन्, ‘भोलि नै अफिस जान्छु र त्यहा“ पनि सबैलाई खुशीको खबर सुनाउ“छु ।’

यामाहाले चैतको पहिलो साता आफ्ना ग्राहकका लागि नया“ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ । जसमा उहा“ले पा“च हजार रुपिया“देखि ५० हजार रुपिया“सम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ ।