नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई यति फ्लोलिङले सम्मान गरेको छ।
आइपीएलमा युवा खेलाडी लामिछानेले गरेको मेहनत र प्रदर्शनस्वरुप लामिछानेलाई सम्मान गरिएको हो ।
यति फलोरिङ शंकरलाल केडियाद्वारा स्थापित र अनिल केडियाद्वारा सञ्चालित नेपालको पहिलो नन ओभन कार्पेट हो । हाल केडिया ग्रुप र रिलायन्स ग्रुुपको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको छ ।
कम्पनीले खेलाडी सन्दीप लामिछानेलाई सम्मान स्वरुप १ लाख रुपियाँ प्रदान गरेको छ । कार्यक्रममा यति फलोरिङका तर्फबाट निर्देशक नारायण तोदी, अनिल केडिया, अजय गिरहिया, लोकेश तोदी, सिद्धार्थ केडिया, आयुष केडिया तथा केडिया अर्गनाइजेशनको कर्पोरेट प्रमुख राजकुमार शाहले खादा र पुष्प गुच्छा दिई सम्मान गर्नुका साथसाथै १ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।
सन्दीपले नेपाललाई नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएका छन् । उनको यो साहस, मिहेनत र लगनशीलतालाई यति कार्पेट सलाम गर्दछ कर्पोरेट प्रमुख राजकुमार शाहले बताउनुभयो ।