न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा रहेको इजी मोबाइल केयर प्रालिले इजी सर्भिसअन्तर्गत मोबाइलको स्क्रीनको एस्युरेन्स सेवा सार्वजनिक गरेको छ ।
इजी सर्भिसले एसुरेन्स सेवा अन्तर्गत स्मार्टफोनहरुको डिस्प्ले,स्क्रीन फुटेवापत फुटेको डिस्प्ले निःशुल्करुपमा फेरिदिने योजना सार्वजनिक गरेको हो ।
यो योजनामा मोबाइल फोन ग्राहकले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्लेको एसुरेन्स सेवा इजी सर्भिस र इजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्नेछन् । यस्तो सेवा नया“ मोबाइल किनेको एक महिनाभित्र सुचारु गरिसक्नुपर्नेछ साथै कम्पनीले आगामी दिनमा पुराना मोबाइल फोनमा पनि यो योजना ल्याउने तयारी गरेको छ ।
यो सेवा लिइसकेपछि ग्राहकको फोनको डिस्प्ले फुटेमा (मोबाइल डिस्प्ले ब्रेकेज) एकपटकका लागि कम्पनीले निःशुल्क फेरिदिने छ ।
मोबाइल फोन ग्राहकले यसको लागि व्यक्तिगत विवरणसहितको फर्म भरेर तुरुन्तै सो सेवा लिन सक्ने छन् । सो सेवा लिएको एक वर्षभित्र ग्राहकको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले निःशुल्करुपमा फेरिदिनेछ ।