मेगा बैंक नेपालले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।
गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपाकिलकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको हो । धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ ।
यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउ“पालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ । उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको हो ।
यससँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ । ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्र र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।
बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको छ । यो आर्थिक बर्षमा थप आधा दर्जन शाखा कार्यालय खुल्ने मेगा बैंकले जनाएको छ ।