मेगा बैंक नेपालले थप दुई वटा शाखा विस्तार गरेको छ ।
सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपालले शाखा विस्तार गरेको हो ।
मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीलाई हलोदेखि हाइड्रोसम्मको सेवा पु¥याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिएको हो ।
यससँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।