फ्रान्सको दि भ्वाइस नामक एक चर्चित टेलिभिजन कार्यक्रममा गीत गाएर इन्टरनेटमा भाइरल हुन पुगेकी एक मुश्लिम गायिकाले सो कार्यक्रम छोडेकी छिन् ।
उनले सामाजिक संजालमा गरेको एउटा टिप्पणलिाई लिएर जनस्तरबाट व्यापक आलोचना हुन थालेपछि उनले कार्यक्रम छोडेकी हुन् ।
२२ वर्षीया मेन्नेल इव्तिस्सेमले सन् २०१६ मा निसमा भएको लोरी आक्रमणमा आतंककारीको स्वभावबारे विवादास्पद शंका व्यक्त गर्दै सामाजिक संजालमा पोस्ट गरेकी थिइन् । उनले सो आक्रमणको भोलिपल्ट बाहिर आएको सरकारी सन्देश वाहियात भएको टिप्पणी गरेकी हुन् ।
उनले गाएको लियानार्ड काहेनको हाल्लेलुजाह बोलको गीतको भिडियो भाइरल भएको थियो । यु ट्युवमा सो भिडियो ९ लाख पटक हेरिएको थियो । उनको सो विवादास्पद टिप्पणी अहिले डिलेट गरिइसकेको छ । बासिल्ले दिवसमा निसमा भएको उक्त आक्रमणमा ८६ जना व्यक्ति मारिएका थिए ।
उनले सामाजिक संजालमा लेखेकी थिइन् , ‘राम्रो, यो नियमित नै भएधो छ, एक साताको एउटा आक्रमण ! आतंककारीले आफुसंग आफ्नो परिचय पत्र राख्नु विश्वासिलो काम हो । यो सत्य हो, तपाईंले कुनै नराम्रो कदमको योजना बनाउदाँ, आफ्नो परिचय खुल्ने दस्तावेज साथै राख्न नभुल्नु होला ।’ ति आक्रमणकारी ३१ वर्षिय ट्युनिसियाली पुरुष थिए । (एजेन्सी)