मुवाँथाइ टोली थाइल्यान्ड जाने

0
पन्ध्रौं विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली आज आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
मार्च ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा विगेन दराईं, राहुल ठोकर लामा, गुणराज रुचाल, सलोम सादा लेप्चा जैसी, धनकृष्ण श्रेष्ठ र सुरेश टकोले प्रतिस्पर्धा गर्ने छन् ।
प्रमुख प्रशिक्षकमा राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेश कक्षपति, सहायक प्रशिक्षकमा वज्र लामा, व्यवस्थापकमा उमेशकुमार खड्का तथा अफिसियलमा निलम अधिकारी रहेका छन् । टोलीलाई गृह मन्त्री रामबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।