जमलस्थित राष्ट्रिय नाचघरमा भएको मिस टुरिज्म वल्र्डवाइड नेपाल–२०१८ को उपाधि साइना कुँवरले हात पार्न सफल भइकी छन् ।
कुँवरले १४ जना प्रतिस्पर्धी उछिनेर सो उपाधि हात पार्न सफल भएको हो भने अर्को विधागततर्फ मिस फ्रेण्डशीपको उपाधिसमेत हात पार्न सफल भइन् ।
यस्तै आयुष्मा पोखरेले फस्ट रनर अपको ताज जितिइन भने विधागततर्फ मिस लिडरशीप अवार्ड आफ््नो पक्षमा राख्न सफल भएकी छन् । सेकेण्ड रनर अपमा रश्मी पहारीले जितिइन । उनीले विधागततर्फ मिस ट्यालेन्ट र मिस हेल्फुल अवार्ड जितेकी थिइन ।
यसै गरी थर्ड रनर अपमा पुनम घिमिरेले मिस डिसिप्लिन अवार्ड पनि हात पारिन् । विधागततर्फ भने समीक्षा रेग्मी हार्ड वर्किङको उपाधि आफ्नो पक्षमा राख्न सफल भइन् भने सोनिका ताम्राकारले मिस पपुलर, शेशिका रावल मिस सोसियल, सरिना नापितले मिस पर्सनालिटी अवार्ड आफ््नो कब्जामा राख्न सफल भएको छ ।

कार्यक्रममा वेस्ट पर्फमेन्स मोनिका न्यौपाने, वेस्ट स्पीच र वेस्ट स्टुडेन्ट अवार्ड प्रतिभा पन्थी, रविनाले वेस्ट वाक, सन्ध्या भट्टराईले वेस्ट स्माइल, सन्ध्या महर्जनले मिस फोटोजेनिक र मिस पंचुवालिटी, अलिजा सेढाईं र मिस इन्टेलिजेन्ट सिम्रोन बास्तोला घोषित भइन् ।
निर्णायक मण्डलमा नायक आनन्द कार्की, वरिष्ठ सौन्दर्यविद् सिता न्यौपाने पाठक, सञ्चारिका र समाजसेवी किशोर भट्टराई र संगीतकार रोशन भट्टराई हुनुहुन्थ्यो ।
सिंगापुरको लुमिनी इन्टरनेशनको सहकार्य गरेर नेपाल पर्यटन बोर्डको सहयोगमा देशको संस्कृति र पर्यटन अन्तरराष्ट्रिय स्तरको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तिम १५ जना प्रतिस्पर्धी छनोट गरेको हो ।
पर्यटन प्रवद्र्धनका लागि त्यस कार्यक्रम महत्वपूर्ण भूमिका खेल्नुभएका परेली मिडियाका अध्यक्ष वर्षा कार्कीले जानकारी गराउनुभयो ।
प्रतिपस्र्धीका विजेता साइना कुँवर मिस टुरिज्म नेपाल २०१८ का ताज र उपाधिसँगसँग नेपालको प्रतिनिधित्व गर्दै सिंगापुर र इन्डोनेसियामा हुने विश्वव्यापी पर्यटन र संस्कृति प्रवद्ध्र्रन गर्ने सौ्रन्दर्य कार्यक्रममा सहभागी हुने छ ।
