काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले आफ्ना २२ प्रतियोगी‘ लेट मिइन मिसेस ब्यूटी क्विन २०१९’को ताज पहिरिनु भएको छ ।
कमलादीस्थित शनिबार प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जित्न ुभएको हो । या ेसँगै उहाँले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गर्नुभयो ।
सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्यूटी क्वीन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२ प्रतियोगिमध्ये छानिएका उत्कृष्ट १० आमाहरुलाई तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन् भनेर प्रमुख निर्णायक प्रतापराज वन्तले सोधेको प्रशनको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बुले भन्नुभयो, “मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ ।” यही जवाफले आठ निर्णायकको मन जितेर उहाँले ताज पहिरिनु भएको हो ।
उहाँलाई यस अघिकी मिसेस ब्यूटी क्वीन सदीक्षा अर्यालले ताज पहि¥याउनुभएको थियो । ताजसँगै उहाँले नगद रु ५० हजार र लेट्स सुजुकी स्कुटरसहित दुबई यात्राको दोहोरो हवाई टिकट प्राप्त गर्नुभयो । प्रतियोगितामा काठमाडौँ ज्ञानेश्वरकी ३० वर्षीया मनिशा विमली फष्ट रनर अप र काठमाडौँ सानो भ¥याङ्की ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनर अप हुन सफल हुनुभयो । त्यसैगरी क्रमस थर्डरनरअप पार्वती खत्री,फोर्थ रनरअप विजया काफ्ले,क्रमस प्रमिला मण्डारी, कल्पना आचार्य,मेनुका श्रेष्ठ,समेनु वराल,र नवौं रनरअप अम्विका थापाले हात पार्न सफल भए ।
प्रतियोगितामा पुजा रसाईलीले व्यूटिफूल अर्वाड, शोभा गिरीले कन्फिडेन्ट अवार्ड र सुस्मिता गिरिले एन्जल हर्ट अवार्ड प्राप्त गर्नुभयो । यस्तै कविता ओझाले क्रियटिभ अवार्ड, अम्विका थापाले भ्यूअर्स च्याईस अवार्ड र चेसाङ लामाले मोष्ट पपुलर, अर्गनाजर च्वाईस र मल्टिमिडिया अवार्ड प्राप्त गर्नुभयो । यस्तै लिडरसीपमा कल्पना आचार्य, वेष्ट वाकमा रमा तिमिल्सिना, फ्रेण्डसिपमा रिजा श्रेष्ठ, फोटोजेनिकमा प्रमिला भण्डारी, वेष्ट स्किनमा अप्सरा बस्नेत, वेष्ट डिसिप्लिनमा अमृता थापा, मष्ट ट्यालेन्टेडमा पार्वती खत्री, पर्सनालिटिमा ताज विजेता शान्ति लम्बु, फिटनेशमा जया बुढाथोकी र वेष्ट स्माइलमा कुन्दिका चौलागाईंले अवार्ड प्राप्त गर्नुभयो ।
ताज पहिर्याउँदै पहिलो मिसेस व्यूटी क्वीन सदिक्षा अर्यालले महिलाहरुको प्रतिभा प्रष्फुटनका लागि कार्यक्रम महत्वपूर्ण अबसर भएको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख निर्णायक प्रतापराज वन्तले मान्छेको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने उल्लेख गर्नुभयो ।