इतुबाःस्थित श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहारमा मिसा पुचःव्दारा गरिएको इहि (बेल बिवाह) शनिबार सम्पन्न भयो । इहि (बेल विवाह) ५ र ६ गते दुई दिनमा सम्पन्न गरिएको थियो । पुचः का अध्यक्ष भुवन हिरा शाक्यले यस कार्यक्रममा पूर्वसभासद राज्यलक्ष्मी श्रेष्ठ, वडा र टोल वासीहरुले आर्थिक सहयोग गर्नुभएको बताउनुभयो । इतुंबाःमा विभिन्न कार्यक्रममा सहभागी भएर मिसा पुचःले सहयोग गर्दै आइरहेको शाक्यले बताउनुभयो । आउँदो दिनमा पनि पुचः ले यस्तै खालको कार्यक्रम र समाजसेवा गर्दै जाने जानकारी गराउनुभयो ।

https://youtu.be/_5Jdnb-rjfI




















