मार्भल टेक्नोप्लास्टद्वारा डिलर मिट सम्पन्न

0

अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेसनसँगको सहकार्यमा फ्लोगार्ड सीपीभीसी पाइप उत्पादन शुरु गरेको मार्भल टेक्नोप्लास्ट प्रालिले बिर्तामोडमा र इटहरीमा डिलर तथा डिष्ट्रिब्युटरको भेला ‘मार्भेलस नाइट’ आयोजना गरेको छ ।

डिलर तथा डिष्ट्रिब्युटर लाई मार्र्भेल टेक्नोप्लास्ट प्रालिका प्रमुख पवनकुमार सन्चेतीले स्वागत गर्नुभएको थियो । उहाँले आर्थिक विकाससँगै निर्माण कार्यले समेत गति लिने वातावरण बन्न लागेको अवस्थामा निर्माण सामग्रीको बजार राम्रो रहेको भन्दै उपभोक्तासम्म गुणस्तरयुक्त पाइपहरु पु¥याउने अभियानमा सबै डिलर र डिष्ट्रिब्युटरको रायसुझावका आधारमा योजनावद्ध ढंगले अघि बढ्ने बताउनुभयो ।

मार्भेलस नाइट डिलर र डिष्ट्रिब्युटरहरु एकले अर्कोलाई चिन्ने, समस्यालाई समाधान गर्ने, नयाँ सम्भावना पहिल्याउने माध्यम पनि हो भन्दै संचेतीले कार्यक्रम त्यसका लागि फलदायी भएको पनि बताउनुभयो ।

छोटो समयमै बजारमा राम्रो उपस्थितिप्रति गर्व गर्दै मार्भेलले यो सशक्त उपस्थिति म्यानुफ्याक्चरका लागि मात्रै नभएर डिलर डिष्ट्रिब्र्युटरका लागि पनि खुशीको कुरा हो भन्नुभयो ।

लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी हो । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकसँग टाइअप गरेर आफ्नो उपस्थिति जनाएको छ । लुब्रिजोलको प्रविधिमा आधारित भारतमा दुईवटा र नेपालमा एउटा प्लान्ट सञ्चालनमा छ ।