मारुती सिमेन्टद्वारा निःशुल्क प्राविधिक परामर्श प्रदान

0

मारुती सिमेन्टद्वारा हरेक निर्माण गुणस्तरीय र मजबुत होस् भन्ने उद्देश्यले निःशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ । कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवासहितको भ्यान हरेक निर्माण स्थलमै पुगेर दक्ष प्राविधिकबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ ।

मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यानमार्पmत् कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामग्रीको सही छनोट तथा मिश्रणको सही अनुपात एवम् यसको कार्यक्षमताबारे जानकारी, भाइबे्रटर र क्युरिङ गर्ने सही तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकताअनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने छ ।

काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन गरिएको उक्त सेवा निकट भविष्यमा नै उपत्यका बाहिर पनि शुरु गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी गराउनुभयो । मारुती सिमेन्ट कम्पनीले विगतका भिन्न–भिन्न क्षेत्रमा गरेको सामाजिक उत्तरदायित्वका क्रियाकलापभन्दा एक कदम माथि उठेर एउटा नयाँ थप प्रयार गरेको छ । यस सेवामा निःशुल्क टोल फ्रि नम्बर नेपाल टेलिकम प्रयोगकर्ताका लागि १६६००११७७७७ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७३७७७ नम्बरमा कल गरी आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह सुझाव तथा निर्माणाधीन संरचनाको लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सकिने बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरको मापदण्ड प्राप्त गरेको मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्रान्डको रुपमा स्थापित भएको अवगत गराउँदै ब्राण्ड म्यानेजर श्रेष्ठले भन्नुभयो– ‘यस्तो किसिमको सामाजिक उत्तरदायित्वको क्रियाकलापमा अझै अगाडि बढ्ने प्रयास गर्दै हरेक नेपालीको मन मस्तिस्कमा सधै रही रहने छौं ।’