पृथ्वीमा कयौं जनावर त्यस्ता छन् जो मान्छेको आवाज निकाल्न अर्थात नक्कल गर्न माहिर हुन्छन् । तर कुनै किलर ह्वेलले पनि मान्छेले निकाल्न सक्छ भन्दा पत्याउन गाह्रो होला ।
पहिलो पटक फ्रान्समा एक किलर ह्वेलले मान्छेको आवाज निकालेको पाइएको छ । यसरी ह्वेलले मान्छेको भाषा बोलेको घटनालाई लिएर जीव वैज्ञानिकहरु उत्साहित र आश्चर्यचकित परेका छन् । उक्त पोथी ओर्का ह्वेललाई अन्तरराष्ट्रिय अनुसन्धानकर्ताहरुको एक टोलीले मानव भाषाका केही शब्द सिकाएका छन् । सन्चार माध्यमले ह्वेल १६ बर्षको भएको जनाएको छ ।
यो पोथी ह्वेलको नाम विकी हो, जसले अंग्रजीका केही शब्द बोल्न सक्छ । उसले हेलो, बाइ बाइ, वन टु र एमी जस्ता शब्द बोल्न सक्छे । यसका लागि अनुसन्धानकर्ताहरुले उसलाई तालिम दिएका थिए । यो ह्वेल फ्रान्सको आन्टिब सहरको मेरिनल्यान्ड स्थित एक अक्वारियम पोखरीमा राखिएको छ । (एजेन्सी)