महोत्तरीमा सिद्धार्थ बैंकको नया“ शाखा

0

सिद्धार्थ बैंकले महोत्तरीको गौशाला नगरपालिकामा नया“ शाखा स्थापना गरेको छ ।
बैंकले बैंकिङ पहु“च नपुगेका स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा रहेको जनाएको छ ।
नया“ शाखाबाट स्थानीय सरकारको सम्पूर्ण खाता कारोबारको सञ्चालन हुनेछ । त्यस्तै बैंकका अन्य शाखाबाट जस्तै आमजनताले सबै प्रकारका वित्तीय सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
नया“ शाखाबाट स्थानीयस्तरमा बैकिङ पहु“च बढ््न गई स्थानीय बचत परिचालन, कर्जा कारोबारजस्ता सेवामार्फत स्थानीयस्तरमा आर्थिक गतिविधि बढ््ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले निकट भविष्यमा नै बैंकको पह“ुच नपुगेका अन्य थप गाउ“पालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्न लागेको जनाएको छ ।
नया“ शाखासहित बैंकले हाल देशभर ९३ वटा शाखा, ३ एक्स्टेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ सेवा, १ सय ५ एटीएम र ६ सय ५० भन्दा बढी पस मेसिनमार्फत्् बैैकिङ सेवा प्रदान गर्दै आएको छ । चालू आवको माघ मसान्तसम्म बैंकको कुल निक्षेप ८७ अर्ब ५ करोड र कर्जा लगानी ७८ अर्ब ५६ करोड रुपिया“ रहेको छ ।