महिन्द्रा टु ह्वीलर अब जनकपुरमा

0

अग्निमोटो इन्कले महिन्द्रा टु ह्वीलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्न जनकपुरस्थित महागणपति अटो सेल्स शोरुम उद्घाटन गरेको छ ।

उक्त शोरुमको उद्घाटन प्रदेश नम्बर २ का सांसद रामआशिष यादवले गर्नुभएको थियो । शोरुम शुभारम्भको अवसरमा नगद छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १० हजार ३ सय ७५ रुपियाँदेखि २ लाख ७ हजार ५ सय रुपियाँसम्मको छुट प्राप्त गर्न सकिने छ ।