महिन्द्रा ई २० प्लस विद्युतीय गाडी प्राधिकरणमा

0

भारतको विद्युतीय सवारी साधन निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले नेपाली बजारमा विगत ५ वर्षदेखिे विद्युतीय कारहरु प्रस्तुत गर्दै आएको छ ।

यसै क्रममा महिन्द्राका गाडी नेपाल विद्युत प्राधिकरणले प्रयोग गर्ने भएको छ । अग्नि इनर्जीद्वारा नेपाल विद्युत प्राधिकरणका राजीव शर्मा (उपप्रबन्ध निर्देशक) तथा गोपालकुमार लोहिया (निर्देशक) लाई महिन्द्राको महिन्द्रा ई २० प्लस पी ८ मोडेल को गाडी हस्तान्तरण गरिएको थियो । हरियालीतथा स्वच्छ भविष्यको लागि डिजेल र पेट्रोलबाट चल्ने गाडीलाई प्रतिस्थापित गरी सरकारी क्षेत्रबाट महिन्द्रा विद्युतीय गाडीको प्रयोग गर्ने नेपाल विद्युत प्राधिकरण पहिलो भएको छ ।

महिन्द्राका गाडी गैरसरकारी संस्थामा पनि विशेष रोजाइमा पर्दछन् ।

नेपालमा हालसम्म ४० भन्दा बढी ई २० गाडी गैरसरकारी संस्थाले प्रयोग गर्दै आएका छन् ।
यसलाई एकपटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रतिघण्टाको दरमा कुद्न सक्छ ।

सरकारी क्षेत्रबाट विद्युतीय गाडीको प्रयोग गरिनुले डिजेल र पेट्रोलबाट हुने वायु प्रदुषणले देशमा पु¥याएको वातावरणीय असरलाई केही हदसम्म सहयोग पुग्ने कम्पनीको विश्वास छ । अब केवल सडक करमात्र छुट दिएर नभई सरकारी क्षेत्रबाट नै विद्युतीय गाडीमा अन्य कार्यहरुको प्राविधिक कार्यको सहयोग गर्न विशेष पहल गर्नुपर्ने देखिएको छ ।