महिन्द्राको बिग, बिगर, बिगेस्ट अफर विजेता घोष्णा

0

दशैं–तिहारको अवसरमा महिन्द्राले ल्याएको बिग, बिगर, बिगेस्ट अफरको बम्पर लक्की ड्रमा काठमाडौं निवासी होमबहादुर पुनले महिन्द्रा ई २० जित्नुभएको छ ।
‘ठूलो छ अफर सबैभन्दा, ठूलै पाइन्छ महिन्द्रा किन्दा’ भन्ने नाराको साथ आएको यस अफरअन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राका गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५ स्कूटर जित्ने मौका प्राप्त गरेका थिए।
यसैगरी ग्राहकले बम्परमा महिन्द्रा मोजो ३०० सिसि अफ–रोड बाइक, इको–फ्रेण्डली बम्परमा महिन्द्रा ई २० र प्रिमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० जित्न सक्ने थिए ।