महानगरभित्र नै विवाद ः रानीपोखरी पुनर्निर्माणका विषयमा

0

रानीपोखरीको पुनर्निर्माणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ ।
रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् ।
उपमेयर खड्गीले काठमाडौं उपत्यकाको सम्पदा नै लोप हुनेगरी निर्माण गर्न लागिएको रानीपोखरीको कंक्रिट संरचना निर्माणको काम अघि बढाउन नदिने दावी समेत गरिन् ।
लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका छन् ।
रानीपोखरीका ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगे । उनको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् ।
‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसा’बले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन् ।
उनले रानीपोखरी जस्तो सम्पदामा क्रंक्रिट प्रयोग गर्न नहुने दोहोर्या इन् । क्रंक्रिट प्रयोग गर्न पुरातत्व विभागले स्वीकृति नदिएको भन्दै उनले सम्पदाविदहरुको राय अनुसार अघि बढ्नु पर्ने बताउँछिन् ।
मेयर शाक्यले भने आफूहरु निर्वाचित भएर आउनु अघि नै रानीपोखरीको काम भइरहेकाले आफूलाई मात्र दोष नदिन आग्रह गरे ।
आरोप प्रत्यारोप गरेर मात्र नहुने भन्दै उनले पुनर्निर्माण प्राधिकरण लगायत छलफल गरेर अघि बढ्न आफू तयार रहेको बताए ।