नेपालका अत्यन्त चर्चित हास्य जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी)को शत्रु गते हित भएपछि अर्को नयाँ हास्य चलचित्र किरण केसीको निर्माणमा दाल भात तरकारीको औपचारिक घोषणा गरिएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा मंसिर पहिलो साताबाट छायांकन गरिने फिल्म आगामी २०७६ बैशाख १३ गते अल नेपाल रिलिज हुने घोषणा गरिएको हो ।
यस हास्य चलचित्र निर्देशक सुदन केसीले गर्ने भएको छ । केसी हलिउडका केही चलचित्रमा समेत सहायक निर्देशनको कार्यसमेत गरिसकेका छन् । केसीको नेपाली चलचित्रामा निर्देशक डेब्यु पनि हो ।
यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिशिर बाङ्ग्देल, जयनन्द लामा, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसील, नरेन्द्र कंसाकारगायतका कलाकारहरुको अभिनय रहने पत्रकार सम्मेलन जानकारी गराइयो ।
हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने कार्यक्रममा जानकारी गराईयो। फिल्मको कथा, पटकथा, सम्बाद र गीत हरिवंश आचार्यले लेखेका हुन्। जसमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहने छ।
फिल्मका गीत हरिवंश आफैंले लेखेका छन्। फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ। मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दीर्घ गुरुङको छायांकन रहने छ ।
