आयोजक मल्पीले दोश्रो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो उपाधि जितेको छ । मल्पी ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।
बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पी ‘ए’ ले काष्ठमण्डपलाई २१–१६ ले पराजित ग¥यो । मल्पीको जितमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १२ अंक योगदान गरे भने आकाश कर्मा सोनमले ६, केनोर दोर्जीले २ र निकेश शाहले १ अंक जोडे ।
सोमबारै भएको ब्वाइजको सेमिफाइनलमा मल्पी ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १८–६ तथा काष्ठमण्डपले द ब्रिटिस मोडेल कलेजलाई २१–१२ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।
तीन टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा मल्पीले ब्रिटिसलाई १२–४ तथा एसलाई ८–६ ले पन्छ्याउदै उपाधि हात पार्न सफल भयो । दुवै खेलमा मल्पीकी कर्मा शेर्पाले सर्वाधिक स्कोर गरिन् । कर्माले ब्रिटिस विरुद्ध ८ र एस विरुद्ध ७ अंक जोडिन् । एसले ब्रिटिसलाई ४–२ ले पाखा लगाउदै दोश्रो भयो ।
ब्वाइजमा प्रसङ्गध्वज मास्के र गल्र्समा कर्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै उपाधि विजेता मल्पीका हुन् ।
विजेतालाई मल्पीकी प्रिन्सिपल जाना थापा र एडमिनिस्ट्रेसन अफिसर पूर्णचन्द्र अधिकारीले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ८ र गल्र्समा ३ टिम सहभागी थिए ।