एनसेलका ग्राहकले भ्यालेन्टाइनको अवसरमा असीमित भ्वाइस प्याक र डेटा प्याकसहितको भ्यालेन्टाइन अफर ल्याएको छ ।
असीमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर माघ २५ गतेदेखि १५ दिनको लागि लागू हुने कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित मात्र १५ मा असीमित भ्वाइस प्याक लिई विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेलको नेटवर्कभित्र कुनै पनि नम्बरमा असीमित कुराकानीको मजा लिन सक्नेछन् । ग्राहकले १७११४ डायल गरी प्राप्त जानकारीअनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् ।
त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् ।
प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । साथै आफ्ना प्रियजनस“ग भिडियो च्याट गर्न रुचाउने ग्राहकले यस अफरअन्तर्गत कर सहित मात्र २० रुपिया“मा एक घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असीमित डेटा प्याक लिई आफ्ना प्रियजनस“ग निरन्तर भिडियो च्याटको मजा लिन सक्नेछन् । यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्«स १७११४ ह्यास् डायल गरी विकल्प नम्बर २ छनोट गरी प्याक सुचारु गर्न सक्छन् ।
ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् । निरन्तर इन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् ।