भारोत्तोलन टोलीको स्वागत

0
नेपाल भारोत्तोलन संघले तेश्रो अन्तर्राष्ट्रिय फेजर ९ँबवच० कप भारोत्तोलन च्याम्पियनसिपमा टिम उपविजेता बन्न सफल नेपाली टोलीलाई बुधबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेको छ । इरानको अहभाजमा ९ब्जखबश० मार्च ६ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा सहभागी भइ टोली बुधबारै स्वदेश फर्किएको हो ।
बाह्र राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल ५ कांस्य जित्दै टिम उपविजेता बनेको नेपाल भारोत्तोलन संघले जनाएको छ । नेपालबाट ३ पुरुष खेलाडी सहभागी भएकोमा २ ले पदक जितेका थिए ।
८५ केजीमा सुरेन्द्र श्रेष्ठले ३ कांस्य जिते । उनले क्लिन एन्ड जर्कमा १२७ र स्न्याचमा ९० केजी गरी कुल २१७ केजी भार वहन गर्दै तीनै स्पर्धामा कांस्य जितेका हुन् । सागका स्वर्णधारी कमलबहादुर अधिकारीले क्लिन एन्ड जर्क र कुलमा गरी २ कांस्य जिते । उनले क्लिन एन्ड जर्कमा १५३ केजी र कुलमा २६४ केजी भार उठाएका थिए । उनले स्न्याचमा ११२ केजी उचालेका थिए ।
१०५ केजीमाथि पुकार गुरुङ पदकविहनी रहेपनि स्न्याचमा भने आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनले स्न्याचमा १२६ केजी वजन उठाउदै आफ्नै नाममा रहेको १२५ केजीको कीर्तिमानमा सुधारे गरे । गत पुसमा पोखरामा भएको राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा पुकारले १२५ केजीको कीर्तिमान रचेका थिए । पुकारले क्लिन एन्ड जर्कमा १४० केजीसहित कुल २६६ केजी भार वहन गरेका थिए ।
उक्त प्रतियोगितामा दिनेश भुजेलले टिम प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने प्रदीप श्रेष्ठ र रुकेश तण्डुकार निर्णायकका रुपमा सहभागी भएका थिए ।
टोलीलाई भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठ, महासचिव पार्थ सारथी सेन गुप्त, सचिव तिलक राउतलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले स्वागत गरे ।