भानुभक्तको जीवनीमा घाँसीको परिचय

0

भानुभक्तको जीवनी शिल्पिक थेटर, बत्तीसपुतलीमा८ दिन प्रस्तुत गरिएको थियो । भानुको जीवनभन्दा घाँसीको महत्वलाई दर्शाइएको थियो । नाटकमा घाँसीको परिचय के हो भनेर देखाउन खोजिएको थियो । यस नाटकमा कलाकार साक्षी लम्साल (भानुभक्तकी श्रीमती), प्रकेश सिन्धुलिया (भानुभक्त) र वासुदेव (घाँसी) मुख्य भूमिका निर्वाह गरेका छन् भने नाटकका निर्देशक प्रभाकर न्यौपानेले गरेका छन् ।
नाटकको शुरुआतमा बाल्यकालको भानुलाई देखाएको छ । उसको शिक्षादीक्षा हजुृरबुबा हुन्छ । हजुरबुबासँगै भानु पढ्नका लागि काशी जान्छ । त्यसपछि भानु जवान हुन्छन् । उनी पढेर गाउँ चुँदीरम्घा फर्कन्छन् । उनको पुराण वाचनशैलीले गाउँमा ठूलै चर्चा पाइरहेको हुन्छ । त्यो कुरा घाँसीसँग भेटबाट हुन्छ । अनि उनी घाँसीकै आग्रहमा उनले रामायणलाई नेपालीमा उल्था गर्न थाल्छ । उनलाई पण्डितहरुले त्यसो नगर्न चेतावनी दिन्छन् । भानु भन्छन्– ‘धर्मका कुरा, ईश्वरका कुरा कसैका पेवा हुँदैनन्, कलोकहितको काम गर्दा पाप लाग्या पनि म भोग्न तयार छु ।’ यस रामायण नेपाली भाषामा उल्था गर्न दत्तचित्त भएर लागिरहन्छ ।