भद्रकाली र टीआईए विजयी

0
भद्रकाली र टीआईएले छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार जितेका छन् ।
भद्रकालीले स्किब्सलाई २४–१४ ले पराजित ग¥यो । भद्रकालीको जितमा सिमरन महर्जनले १४ अंक योगदान गरिन् । टीआईएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १७–११ ले हरायो । टीआईएकी रेजिना ठकुरीले ५ अंक स्कोर गरिन् । सिनियर गल्र्समै प्रियंका खड्काको १० अंक सहयोगमा ग्रिनल्यान्डले बुढानीलकण्ठ आश्रमलाई २४–१२ ले पन्छायो ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ३४–३२ तथा टीआईएले नाम्सलाई ३७–१७ ले निराश पारे । भ्याली पब्लिकका राहुल विकले ९ अंक जोडे ।
जुनियर ब्वाइजमा अनिल राईको ९ अंक सहयोगमा गोल्डेनपिकले भ्याली पब्लिकमाथि २१–१७ को जित रच्यो ।