रफत सञ्चार क्ल्बमा आइतबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धारासायी बन्दै गएको बताउनुभयो ।
उहाँले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आए तापनि सरकार र स्थानीय सरकाले लागनीमैत्री वातारण निर्माण गर्न नसक्नु र सामान्य पूर्वाधारको तयार गर्न नसक्नु नै भक्तपुरको उद्योग फस्टाउन नसकको बताउनुभयो ।
कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकीय विकासका लागी सरकारसमेत उदासीन रहेको बताउनुभयो । यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिँदै मानन्धरले औद्योगिक विकासका लागि थप औद्योगिक क्षेत्रको स्थापना गरिनुपर्ने जोड दिनुभयो ।