बैंक अफ काठमाण्डू र गुराँसइन्स्योरेन्सबीच सम्झौता

0

बैंक अफ काठमाण्डू र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरोज बुढाथोकीले हस्ताक्षर गर्नुभएको छ । यस सेवाअन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गले बैंकका ७९ शाखाबाट जीवन बीमा सेवा लिन सकिने छ ।