बैंक अफ काठमाडौंको बिहीबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
गत बर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।